Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाका निलम्बित महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा.मुकुल ढकालको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक भएको छ ।

ढकालले ३८ जिल्ला भ्रमणपछि तयार पारेको प्रतिवेदन केन्द्रीय समिति बैठकमा छलफल भएपछि सार्वजनिक भएको हो ।

प्रतिवेदन निलम्बित महामन्त्री ढकालले पार्टीमा पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको बताएका छन् ।

महामन्त्री ढकालले पार्टीलाई एलिट वर्गको पार्टीको रूपमा मात्र स्थापित गराउने काम भएको लेखेका छन् ।

पार्टी नै पैसावालाहरुको कब्जामा गएको उनको ठहर छ । महामन्त्री ढकालले यो प्रतिवेदन केही दिनअघि सभापति रवि लामिछानेलाई बुझाएका थिए ।

प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई बुधबार राति रास्वपा केन्द्रीय समितिले महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077