Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

    धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 183
    SHARES

    फाइल तस्विर

    धनुषा । पोखरीमा डुबेर धनुषामा तीन बालिकाको मृत्यु भएको छ ।

    धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो ।



    मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् ।



    पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा एक जनाको र दुई जनाको अस्पतालमा मृत्यु भएको हो ।

    बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार