Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहमतिबाटै पार्टीको नेतृत्व चयन हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमतिबाटै नेतृत्व चयन हुने बताएका छन्।

काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले सहमतिबाटै महाधिवेशनले नेतृत्व चयन गर्ने बताए। अहिले एकीकृत समाजवादी १० औं महाधिवेशन गरिरहेको छ।

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र नेता घनश्याम भूसाल प्रतिस्पर्धा गर्ने चर्चा भए पनि उम्मेदवारी दर्ता भइसकेको छैन।

तर, वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077