Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • राजीनामा बोकेर बालुवाटार गएका रास्वपा मन्त्रीहरू राजीनामा नदिई फर्किए

    राजीनामा बोकेर बालुवाटार गएका रास्वपा मन्त्रीहरू राजीनामा नदिई फर्किए

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 738
    SHARES

    काठमाडौं । राजीनामा बोकेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।

    राजीनामा दिने तयारीका साथ बालुवाटार पुगेका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफल पछि राजीनामा नदिएर फर्किएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको रास्वपा स्रोतले बतायो।



    आज बिहान राजीनामा पत्र बोकेरै मन्त्रीहरू प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।

    यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् । रास्वपाले प्रधानमन्त्री दाहाललाई छिटो विश्वास मत लिन आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार