Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी, एकको अवस्था गम्भीर

    जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी, एकको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 375
    SHARES

    फाइल तस्विर

    मकवानपुर । जंगली च्याउ खाँदा मकवानपुरको एकै परिवारका ७ जना बिरामी परेका छन् ।

    जिल्लाको भीमफेदी गाउँपालिका-६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका सात जना बिरामी परेका हुन् ।



    बिरामीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बुधबार साँझ जंगली च्याउको तरकारी खाँदा उनीहरू बिरामी परेका हुन् ।



    बिरामीमध्ये मंगलीमाया र लक्ष्मीमायालाई थप उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल पठाइएको छ भने अन्य बिरामीको मकवानपुरस्थित हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार