Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्यार्थीलाई सम्मान गर्न आज बुटवल आउँदै एमाले अध्यक्ष ओली

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउँदैछन् ।

रुपन्देहीका एक हजारभन्दा बढी एसईईमा उच्च अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा अन्तरक्रिया गर्न ओली बुटवल आउन लागेका हुन् ।

ओलीसहितका नेताहरूको बिहान साढे १० बजे यति एयरबाट बुटवल आउने बताइएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईईमा ३‍‍ दशमलव ६ जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एक ठाउँमा सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए ।

दिउँसो साढे १२ बजे हुने कार्यक्रममा एमाले अध्यक्ष ओलीले बालबालिकासँग अन्तर्क्रिया पनि गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077