Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • निलम्बित महामन्त्री मुकुलको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने रास्वपाको निर्णय

    निलम्बित महामन्त्री मुकुलको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने रास्वपाको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 390
    SHARES

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालै निलम्बनमा परेका पार्टीका महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।

    बुधवार बसेको केन्द्रीय कमिटी बैठकले महामन्त्रीको प्रतिवेदन मिडियामा सार्वजनिक गर्ने निर्णय गरेको हो ।



    ‘बैठकमा महामन्त्रीको प्रतिवेदन सार्वजनिक नगर्ने बहुमत सदस्यको अभिमत भएतापनि पार्टी सभापतिले उक्त प्रतिवेदन सार्वजनिक गर्न पुनः प्रस्ताव गर्नुभयो । तदनुरुप महामन्त्रीको प्रतिवेदन मिडियामा सार्वजनिक गर्ने निर्णय गरियो,’ पार्टीको निर्णयमा भनिएको छ ।



    बैठकमा सबैले महामन्त्रीको समीक्षा प्रतिवेदन तथा पार्टी सञ्चालनका विविध पक्षहरूमा प्रश्नसहित आआफ्नो अभिमत राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार