Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • महामन्त्री ढकालको आरोप – गृहमन्त्रीले प्रहरीको सरुवा र बढुवामा आईजीपीलाई डमी बनाए

    महामन्त्री ढकालको आरोप – गृहमन्त्रीले प्रहरीको सरुवा र बढुवामा आईजीपीलाई डमी बनाए

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई ‘डमी’ बनाएको आरोप लगाएका छन् ।

    बुधबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।



    उनले नेपाल प्रहरीको सरुवा र बढुवामा गृहमन्त्री रविले आईजीलाई डमी आईजीको रुपमा प्रयोग गरेको आरोप लगाए ।



    उनले भने, ‘एआईजी बढुवा गर्दा एकदिनको बढुवा गर्दा आइजी थुपार्नु भएको छ। डीएसपीदेखि साराको बढुवामा आईजीलाई डमी आईजीको रुपमा प्रयोग गर्नु भएको छ ।’

    रविको चरित्रबारे बुझ्न आईजीपी र गृहसचिवलाई सोध्दा पनि हुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार