Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • इन्स्पेक्टर शिवाकोटीलाई थुनामा पठाउन अदालतको आदेश

    इन्स्पेक्टर शिवाकोटीलाई थुनामा पठाउन अदालतको आदेश

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 669
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बालिका बलात्कारको आरोपमा पक्राउ परेका इन्स्पेक्टर विदुर शिवाकोटीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले इन्स्पेक्टर शिवाकोटीलाई थुनामा पठाउन आदेश दिएको हो।



    आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ जेठमा पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरेको थियो ।



    बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि जबर्जस्ती करणी भएको सार्वजनिक भएको थियो ।

    इन्स्पेक्टर शिवाकोटी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए।

    प्रहरीका अनुसार, तराई मूलकी बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार