Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा महामन्त्री ढकालले भने - समीक्षा प्रतिवेदन सभापति लामिछानेले पेस गर्न दिएनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकालले समीक्षा प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गर्न नपाएको बताएका छन्।

सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकमा समीक्षा प्रतिवेदन पेस गर्न रोकेको महामन्त्री ढकालले आरोप लगाएका हुन् ।

मंगलबार बसेको बैठकमा महामन्त्री मुकुल ढकाललाई प्रस्ताव पेस गर्न दिने निर्णय गरेको थियो।

तर, बैठकमा पार्टी सभापति लामिछानेले सचिवालयको निर्णयविपरीत प्रस्ताव पेस गर्न नदिएको महामन्त्री ढकालले बताए।

प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने कुरा उल्लेख गरिएको ढकालले बताए ।

रास्वपामा पार्टी सभापति रवि लामिछाने र महामन्त्री ढकालबीच अन्तरविरोध चर्किएर गएको छ।

महामन्त्री ढकालले आजको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका थिए।

तर सभापति लामिछानेले सुनुवाइ नगरेको भन्दै बैठकमा मुखमा टेप लगाएर प्रस्तुत भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077