Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा महामन्त्री ढकाल मुखमा कालोटेप लगाएर बैठकमा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय कमिटीको बैठकमा कालो टेप लगाएर उपस्थित भएका छन् ।

बोल्न पाउने अधिकार हनन भएको भन्दै महामन्त्री ढकाल आज केन्द्रीय कमिटीको बैठकमा कालो टेप लगाएर उपस्थित भएको बताएका हुन्।

केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर विरोध गरेका छन्। उनले मुखमा मास्क लगाएर बाहिरबाट टेप लगाएर बैठकमा सहभागी भाएका छन्।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । बैठक बिहान साढे आठ बजेदेखि सुरू भएको हो।

उनले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न माग गरेका थिए। तर सभापति रवि लामिछानेले सुनावाइ नगरेको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077