Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • रास्वपाको केन्द्रीय कमिटी बैठक जारी, महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल हुँदै

    रास्वपाको केन्द्रीय कमिटी बैठक जारी, महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल हुँदै

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 495
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय चःमतिमा बिहान साढे आठ बजेबाट बैठक बसिरहेको हो ।

    बैठकमा महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनमाथि छलफल भइरहेको बताइएको छ । महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए ।



    यस्तै बैठकले समसामयिक राजनीतिबारे पनि छलफल गर्नेछ । कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ ।



    तर रास्वपाले गठबन्धनमा सहभागी नहुने र तत्काल सरकार पनि नछोड्ने निर्णय गरिसकेको छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार