Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध, सवारीसाधन अलपत्र

कैलाली । पहिरोका कारण बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

लगातारको वर्षापछि मंगलबार राति खसेको पहिरोले दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077