Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादी महाधिवेशन : आज १२ वटा समूह नेताले दस्तावेजमाथि सुझाव दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा बुधबार प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरिँदैछ ।

बिहान ११ बजे शुरु हुने बन्द सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा भएको समूह छलफलको निष्कर्ष पेश गरिने भएको हो ।

ती दस्तावेजबारे प्रतिनिधिबीच १२ समूह बनाएर सामूहिक छलफल गरिएको छ । आज यी १२ समूहका टोली नेताहरूले राजनीतिक, सांगठनिक, नेपाली विशेषताको समाजवाद र विधान संशोधनमाथि आफ्ना सुझाव राख्नेछन् ।

सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित पारित गरिनेछ । त्यसपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077