Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • उत्तर प्रदेशमा सत्संगको क्रममा भागदौड : मृतकको संख्या १२२ पुग्यो

    उत्तर प्रदेशमा सत्संगको क्रममा भागदौड : मृतकको संख्या १२२ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 1.7K
    SHARES

    एजेन्सी । भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएका छन् ।

    भारतीय सञ्चार माध्यमहरूका अनुसार मृतकमध्ये हालसम्म ७२ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा अधिकांश महिला छन् ।



    मंगलबार युपीको हाथरस शहर नजिकै एक धार्मिक प्रचारकको प्रवचन कार्यक्रम थियो । प्रवचन सुन्न आएका सयौं मानिस कार्यक्रम सकेर बाहिर निस्किँदै गर्दा भागदौड हुँदा धेरै व्यक्तिले ज्यान गुमाएका हुन् ।



    भागदौडका कारण धेरै मान्छेको किचिएर मृत्यु भएको र शवहरू एकमाथि अर्को लडेको अवस्थामा फेला परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन्।

    घटनामा घाइते भएका सयौं व्यक्तिलाई अस्पताल पुर्‍याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार