Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज असार १९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८१ साल असार १९ गते बुधबारको राशिफल ।

मेष

भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।

मिथुन

समय प्रतिकुल भई कुलतमा मन जान सक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

सिंह

आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला

आज गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनसक्छ ।

धनु

आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वाहन सुख पनि मिल्नेछ ।

कुम्भ

आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद बढ्नेछ । चोटपटक पनि लाग्न सक्नेछ ।

बृष

आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक, सांस्कृतिक, भोजभतेर सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

कर्कट

मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वस्त्र पनि लाभ हुनेछ ।

कन्या

धन हात पर्न सक्छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

बृश्चिक

विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर

कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

मीन

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमै निखारता पनि ल्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077