Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सुन काण्डमा मेट्रोका हवल्दार सिआइबीको हिरासतमा

    सुन काण्डमा मेट्रोका हवल्दार सिआइबीको हिरासतमा

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहसँग मिलेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।

    उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत हवल्दार सुन्दर नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो ।



    हवल्दार नेपालीलाई एक साताअघि नै पक्राउ गरिएको स्रोत बताउँछ । विमानस्थलबाट ल्याइएको सुन एक समूहले लुटेको थियो । सो सुन फिर्ता गरिदिने भन्दै ती हवल्दारले लाखौँ रुपैयाँ लिएका थिए ।



    पैसा लिएर पचाउने प्रयास गरेपछि सुन तस्करी गर्ने समूहले विभिन्न निकायमा उजुरी गरेका थिए । सिआइबीले सूचना पाएपछि हवल्दारलाई पक्राउ गरी सुन तस्करी गर्ने तथा लुट्ने समूहमाथि अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार