Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सम्पत्ति शुद्धीकरण विभागद्धारा देव विकास बैंकका प्रबन्धकविरुद्ध १८ करोड बढीको मुद्दा दायर

    सम्पत्ति शुद्धीकरण विभागद्धारा देव विकास बैंकका प्रबन्धकविरुद्ध १८ करोड बढीको मुद्दा दायर

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 396
    SHARES

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देव विकास बैंकका तत्कालीन प्रबन्धकविरुद्ध १८ करोड ३ लाख ७२ हजार रुपैयाँको मुद्दा दायर गरेको छ ।

    सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक कमल प्रसाद भट्टराईका अनुसार विभागले देव विकास बैंकका तत्कालीन प्रबन्धक समीर बुढाथोकीविरुद्ध १८ करोड ३ लाख ७२ हजार रुपैयाँको मुद्दा दायर गरेको हो ।



    जिल्ला सरकारी वकिल कार्यालय दाङमार्फत उच्च अदालत तुलसीपुरमा अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।



    बुढाथोकीले साबिक वेष्टर्न डेभलपमेन्ट बैंकको कोषमा रहेको रकम अपचलन गरेको पाइएको थियो ।

    यस्तै, उनले रकम अपचलन गर्ने मनसायले बैंकका अन्य कर्मचारीको युजर आईडीसमेत प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

    उक्त प्रकरणमा उनीमाथि बैंकिङ कसुर मुद्दामा ७ वर्षको कैद सजाय समेत भइसकेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।​​

    गैरकानूनी स्रोत लुकाउने मनसायले कर्जा सीमा १७ करोड ९९ लाख ९० हजार रुपैयाँ कायम गरी उक्त रकमलाई आफैंले खोलेका विभिन्न खातामा ट्रान्सफर गरेका थिए ।

    उक्त बैंकिङ कसुरबाट उनले बैंकको १८ करोड ३ लाख ७२ हजार रुपैयाँ अपचलन गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार