Online Nepal
  • बुधबार, १० पुष २०८१
  • केन्यामा कर वृद्धिको विरोधी प्रदर्शनमा ३९ जनाको मृत्यु

    केन्यामा कर वृद्धिको विरोधी प्रदर्शनमा ३९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 567
    SHARES

    एजेन्सी । कर वृद्धि सम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तिमा ३९ जनाको ज्यान गएको अल जजिराले जनाएको छ।

    केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर) ले सोमबार मृतकको सङ्ख्या घोषणा गरेको हो । देशव्यापी विरोध प्रदर्शनको सम्बन्धमा ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको छ ।



    यो तथ्याङ्कले जुन १८ देखि जुलाई १ सम्मको अवधिलाई समेटेको आयोगको विज्ञप्तीले जनाएको छ ।



    अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा आयोजित शान्तिपूर्ण कर–विरोधी र्याली गत हप्ता संसदले विवादास्पद कानून पारित गरेपछि घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो ।

    राष्ट्रपति विलियम रुटोले आइतबार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताउनुभएको थियो ।

    रुटोले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको र मृत्युबारे अनुसन्धान गर्ने वाचा गरे ।

    आयोगले संसद र अन्य सरकारी भवनमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको हिंसात्मक र स्तब्ध पार्ने अराजकताका कार्यको पनि कडा निन्दा गरेको छ ।

    राष्ट्रपति रूटोले कर वृद्धि सम्बन्धी विधेयकमा कानूनमा हस्ताक्षर नगर्ने घोषणा गरेतापनि मङ्गलबारदेखि कार्यकर्ताहरूले नयाँ विरोध प्रदर्शनको आह्वान गरेका छन्।

    प्रदर्शनकारीहरुले सामाजिक सञ्जालमार्फत राष्ट्रपति रुटोको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार