Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सहकारीका समस्याबारे राष्ट्रिय दलहरूसँग सुझाव माग्ने छानबिन समितिको निर्णय

    सहकारीका समस्याबारे राष्ट्रिय दलहरूसँग सुझाव माग्ने छानबिन समितिको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 249
    SHARES

    काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले राजनीतिक दलहरूबाट सुझाव लिने भएको छ ।

    आज बसेको समिति बैठकले राष्ट्रिय दलको मान्यता पाएकाहरूबाट सहकारी समस्या समाधानका लागि सुझाव लिने निर्णय गरेको हो ।



    बैठकले राजनीतिक दलसँग समाधानका उपाय र बुझाइ सम्बन्धी लिखित सुझाव माग्ने निर्णय भएको समिति सभापति सूर्य थापाले बताए ।



    समितिले सहकारी समस्या र समाधानका उपाय पत्ता लगाउन विभिन्न निकायसँग छलफल र सुझाव लिने काम गरिरहेको थापाले बताए।

    सभापति थापाले सहकारी क्षेत्र आर्थिक क्षेत्रमात्र नभएकाले राजनीतिक दलहरूको सहयोगको अपेक्षा गरेको बताए ।

    समितिले आजको बैठकमा मुख्य राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेडका वर्तमान र पूर्वपदाधिकारी र कर्मचारीहरूसँग विभिन्न विषयमा छलफल गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार