Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • गृहमन्त्री पद धरापमा परेपछि रविले सोधे – कसलाई जोगाउन रातारात समीकरण फेरियो ?

    गृहमन्त्री पद धरापमा परेपछि रविले सोधे – कसलाई जोगाउन रातारात समीकरण फेरियो ?

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 570
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको बताएका छन् ।

    सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।



    गृहमन्त्री लामिछानेले भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झा पक्राउ परेपछि कांग्रेस एमालेमा बेचैनी आएर नयाँ गठबन्धन बनाइएको आरोप लगाए।



    गृहमन्त्री लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको बताए । उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको जिकिर गरे।

    उनले देशमा सुशासन कायम गर्न केही मानिस पक्राउ परेको तर त्यसले ठूला पार्टीहरूका लागि संकट निम्त्याएको टिप्पणी गरे ।

    कांग्रेस एमालेबीच नयाँ गठबन्धन बनिसकेपछि देश संवैधानिक प्रक्रियामा जाने र त्यहीअनुसार हुने उनले बताए ।

    सोमबार मध्यरातमा कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसदको आगामी कार्यकालका लागि आधा/आधा समय प्रधानमन्त्री बन्ने सहमति भएको थियो ।

    सोहीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै रास्वपाका सभापति लामिछानेको गृहमन्त्री पद धरापमा परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार