Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • कांग्रेस प्रवक्ता महतले भने – नयाँ समीकरणमा अरू दललाई पनि समेट्छौं

    कांग्रेस प्रवक्ता महतले भने – नयाँ समीकरणमा अरू दललाई पनि समेट्छौं

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 264
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आवश्यकताअनुसार नयाँ गठबन्धनमा अरू दलहरूलाई पनि समावेश गर्न सकिने बताएका छन् ।

    कांग्रेस पदाधिकारी बैठकपछि बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । प्रवक्ता महतले आलोपालो नेतृत्व गर्ने समझदारी एमालेसँग बनेको बताए।



    प्रवक्ता महतले भने,‘कांग्रेस र एमालेबीच सरकार निर्माण गरेर सँगै अघि बढ्ने सहमति भएको छ। त्यसमा आवश्यकताअनुसार अरू दलहरूलाई पनि समावेश गर्न सकिने भएकोले राष्ट्रिय सहमतिको सरकारकै नाम दिइएको छ । सरकारको नेतृत्व भने केपी ओलीजी र सभापति शेरबहादुर देउवाजीले आलोपालो गर्नुहुन्छ।’



    उनकाअनुसार देउवा र ओलीबीच ‘सैद्धान्तिक र व्यवहारिक सहमतिमा नेतृत्व आलोपालो गर्ने गरी हस्ताक्षर भएको’ छ। यो सरकारलाई आगामी आम निर्वाचनसम्मै लैजाने विषयमा पनि समझदारी बनेको प्रवक्ता महतले बताए।

    प्रवक्ता महतले गए राति राष्ट्रपतिलाई भेट्न सभापति देउवा र ओली पुगेको भन्ने विषयमा सत्यता नभएको पनि दाबी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार