Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति, पहिलो कार्यकाल ओली प्रधानमन्त्री

    कांग्रेस र एमालेबीच गठबन्धन गर्ने सहमति, पहिलो कार्यकाल ओली प्रधानमन्त्री

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 894
    SHARES

    काठमाडौं । संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको छ ।

    निरन्तरको गृहकार्यपछि कांग्रेस र एमालेका शीर्ष नेताहरू सोमबार मध्यराति नयाँ सत्ता समीकरण बनाउन सहमत भएका हुन् ।



    कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार तत्काल सरकारको नेतृत्व एमालेले गर्ने छ ।



    सरकारको नेतृत्व पहिले एमाले अध्यक्ष ओलीले लिने सहमति भएको बताइएको छ । त्यसको डेढ वर्षपछि २०८४ को चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको छ ।

    संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धता दुवै दलले व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार