Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • गण्डकी प्रदेशसभाबाट बजेट पारित

    गण्डकी प्रदेशसभाबाट बजेट पारित

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 471
    SHARES

    गण्डकी । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ ।

    यही असार १ गते गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले गण्डकी प्रदेशसभामा प्रस्तुत गरेको बजेट गण्डकी प्रदेशसभाको आजको बैठकले पारित गरेको हो ।



    मन्त्री गुरुङले आव २०८१/८२ का लागि रु ३२ अर्ब ९६ करोड ८५ लाखको बजेट प्रस्तुत गरेका थिए । बजेटमध्ये चालुतर्फ रु १३ अर्ब १६ करोड, पाँच लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रहेको छ ।



    चालुतर्फ कूल विनियोजनको ३९ दशमलव ९१ प्रतिशत हो भने पुँजीगततर्फ कूल विनियोजनको ५९ दशमलव १९ प्रतिशत हो । यसअघि विभिन्न बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार