Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई ओलीको आश्वासन – कांग्रेससँग मिलेर सरकार बनाउने तयारी छैन

    प्रधानमन्त्री प्रचण्डलाई ओलीको आश्वासन – कांग्रेससँग मिलेर सरकार बनाउने तयारी छैन

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 399
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल कांग्रेससँग मिलेर सरकार बनाउने तयारी भएको बताएका छन् ।

    आज बिहान ९ बजेदेखि करिब ४ घण्टा चलेको छलफलमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई उक्त आश्वासन दिएका हुन् ।



    उनले बाहिर आएजस्तो कांग्रेस र एमाले मिलेर सरकार बनाउने तयारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त पारेका थिए।



    भेटमा दुई नेताबीच यही सरकारलाई बलियो बनाएर लैजाने विषयमा सहमति भएको बालुवाटार स्रोतले बतायो ।

    नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका एमाले स्रोतले बतायो।

    कांग्रेसको यो प्रस्तावपछि आइतबारमात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार