Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई ओलीको आश्वासन – कांग्रेससँग मिलेर सरकार बनाउने तयारी छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल कांग्रेससँग मिलेर सरकार बनाउने तयारी भएको बताएका छन् ।

आज बिहान ९ बजेदेखि करिब ४ घण्टा चलेको छलफलमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई उक्त आश्वासन दिएका हुन् ।

उनले बाहिर आएजस्तो कांग्रेस र एमाले मिलेर सरकार बनाउने तयारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त पारेका थिए।

भेटमा दुई नेताबीच यही सरकारलाई बलियो बनाएर लैजाने विषयमा सहमति भएको बालुवाटार स्रोतले बतायो ।

नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका एमाले स्रोतले बतायो।

कांग्रेसको यो प्रस्तावपछि आइतबारमात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077