Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कांग्रेस र एमालेका शीर्ष नेताहरुको संवादबाट कोही चिन्तित हुनुपर्दैन : दीपक गिरी

    कांग्रेस र एमालेका शीर्ष नेताहरुको संवादबाट कोही चिन्तित हुनुपर्दैन : दीपक गिरी

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 414
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेकाबीचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् ।

    सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन् । कांग्रेस र एमालेका शीर्ष नेताबीच भएको संवादबाट कसैलाई चिन्तित नहुन उनको भनाई छ ।



    सांसद गिरीले भने, ‘चारैतिर निराशा फैलिरहेको बेला संसदका दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ ।’



    लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठूला दलबीच संवाद र सहकार्य आवश्यक रहेको उनले बताए ।

    नेपाली कांग्रेस र नेकपाएमालेका शीर्ष नेताहरूबिच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताए। उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार