Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • फ्रान्सको निर्वाचनमा राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा

    फ्रान्सको निर्वाचनमा राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 240
    SHARES

    काठमाडौं । फ्रान्सको संसदीय निर्वाचनको पहिलो चरणमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले अग्रता लिएको छ ।

    यसले फ्रान्सको राजनीतिमा नेशनल रेलीको प्रभावलाई पुष्टि गरेको छ र सत्ताको ढोकाको नजिक पुर्‍याएको हो ।



    प्रवासी विरोधी नेशनल रेलीका नेता मरिन ले पेनले निर्वाचन परिणामप्रति उत्साहित हुँदै वर्तमान राष्ट्रपति इम्मानुअल म्याक्रो गुट तहसनहस भएको बताएकी छन् ।



    देशलाई वर्वादीबाट जोगाउन आफ्नो दललाई मतदान गर्न फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसहितका नेताले निर्वाचन अभियानलाई सशक्त बनाउने बताए ।

    तर निर्बाचनका लागि मात्र एक हप्ताको समय रहेको छ । विपक्षी नेशनल ¥याली (आरएन) पार्टी मरिन ले पेनले नयाँ नेसनल एसेम्बलीमा पूर्ण बहुमत प्राप्त गर्नेछ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन ।

    ले पेनका समर्थक २८ वर्षीय जोर्डन बर्डेलालाई प्रधानमन्त्री बन्न र सत्ता सम्हाल्ने निश्चित हुन आरएनलाई अहिलेकोभन्दा निकै धेरै मतको आवश्यकता पर्नेछ ।

    यसै महिना युरोपेली संसद्को चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनाव को आह्वान गर्नुभएको थियो ।

    निर्वाचनमा जाने राष्ट्रपति म्याक्रोँको निर्णयले उहाँका केही सहयोगीहरूसमेतलाई चकित पारेको थियो । निर्वाचन घोषणाले म्याक्रोँलाई आँफैमाथि मार पर्ने जोखिम देखिएको छ ।

    पहिलो चरणको निर्वाचन परिणाम नउल्टिएमा यसले राष्ट्रपतिलाई आफ्नो कार्यकालको बाँकी तीन वर्षका लागि निकै कम शक्तिशाली व्यक्ति बनाउनेछ ।

    दोस्रो चरणको निर्वाचनपछि ५७७ सदस्यीय राष्ट्रिय सभामा आरएनले बहुमत प्राप्त गर्ने मतदान एजेन्सीहरूले अनुमान गरेका छन् । तर पूर्ण बहुमतका लागि आवश्यक पर्ने २८९ सिट पार्टीले प्राप्त गर्ने आधार स्पष्ट भइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार