Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीको महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गरिने भएको छ ।

एकीकृत समाजवादीका अनुसार छिटो र छरितो ढंगबाट चुनाव गराउन ई-भोटिङको व्यवस्था गरिएको हो । केन्द्रीय सचिवालय सदस्यहरूले डेमोसमेत प्रस्तुत गरेका छन् ।

दशौँ राष्ट्रिय महाधिवेशनका लागि झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । सोही मण्डलले महाधिवेशनको मतदान विद्युतीय माध्यमबाट गर्ने निर्णय गरेको हो ।

आइतबारदेखि सुरु भएको दशौं महाधिवेशनमा आज बन्द सत्र चलिरहेको छ । बन्द सत्रपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । निर्वाचन माधवकुमार नेपाल र घनश्याम भुषालबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।

साथै पार्टीले जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्सीय बहस नोट कमिटी, डा.गंगालाल तुलाधर र डा। विजय पौडल सम्मिलित माइन्युट कमिटी पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077