Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ ।

बन्दसत्र प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको हो ।

बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ ।

बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने छ । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् ।

पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077