Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीको बन्द सत्र आजबाट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दसौं महाधिवेशनमा सोमबारबाट बन्द सत्र सुरू हुँदैछ । कमलादीस्थिति प्रज्ञा भवनमा जारी महाधिवेशनमा ९ बजेबाट बन्द सत्र सुरू गर्ने भनिएपनि केही ढिलाइ भएको छ ।

बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ।एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८९ औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको हो।

झलनाथ खनालका लागि सम्मानित नेताको पद पनि कायमै राख्ने निर्णय पनि भइसकेको छ। एमालेमा जस्तै वरिष्ठ उपाध्यक्ष पद र केन्द्रीय उपाध्यक्षमा महिला सिट सिर्जना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077