Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वर्णिम र शिशिरलाई दुई राजदूत छान्ने जिम्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा राजदूतका लागि सात जना छानिएका छन् ।

रास्वपा अन्तर्राष्ट्रिय विभागले आइतबार साँझ पार्टी सभापति रवि लामिछानेलाई राजदूत सिफारिसका लागि सात जनाको सूची बुझाएको हो ।

अब सात जनामध्येबाट रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले दुई जनाको नाम सिफारिस गर्नेछन् ।

त्यसका लागि उनीहरूले अन्तिम सूचीमा रहेका व्यक्तिहरूसँग छलफल गर्नेछन् । सत्ता गठबन्धनको भागवण्डामा रास्वाले दुई देशका लागि राजदूत पाएको छ ।

पार्टीका तर्फबाट नाम सिफारिसका लागि सम्भावित नाम सुझाउन रास्वपाले अनलाइन फर्म र इमेलमार्फत आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077