Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस नेता निधिले भने – बहुमत नभएपछि गठबन्धन र सरकार फेरिनु सामान्य हो

    कांग्रेस नेता निधिले भने – बहुमत नभएपछि गठबन्धन र सरकार फेरिनु सामान्य हो

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 786
    SHARES

    सुनसरी । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गठबन्धन र सरकार फेरबदल हुनु सामान्य प्रक्रिया भएको बताएका छन् ।

    आइतबार सुनसरीको इनरुवामा नेता गिरिजाप्रसाद कोइरालाको १०१ औं जन्म जयन्तीको अवसरमा बोल्दै यस्तो बताएका हुन् ।



    उनले कसैको पनि बहुमत नभएपछि नयाँ-नयाँ गठबन्धन भएर सरकार फेरिने प्रक्रिया भइरहने बताए ।



    ‘अहिलेको अवस्थामा त बहुमत कसैको पनि नभएकाले गर्दा सरकार फेरिने भइहाल्छ,’ नेता निधिले भने ।

    उनले अब २०८४ मा बलियो भएर बहुमत ल्याएर स्थिर सरकार बनाउनुपर्नेमा जोड दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार