Online Nepal
  • आइतबार, २० असोज २०८१
  • माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एउटै पार्टी बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एउटै पार्टी बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 384
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई पार्टी बनाउने प्रयास गरिरहेको बताएका छन् ।

    एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय हुने आशा रहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले दुई पार्टीलाई एउटै पार्टी बनाउनका लागि निर्वाचन अगाडिदेखि अहिलेसम्म प्रयास भइरहेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,’नेकपा एकीकृत समाजवादी र माओवादीका बीचमा निर्वाचन अगाडि र निर्वाचनपछि र आजका मितिसम्म पनि एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिराखेका छौं।’

    एकीकृत समाजवादीले आजदेखि सुरू भएको महाधिवेशनले पनि यसबारे ठोस निर्णय गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए।

    प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले आफ्नो दस्ताबेजमा माओवादीलाई नजिकको मित्र भनेर मूल्यांकन गरेकामा खुशी व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार