Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • समस्याग्रस्त २० वटा सहकारीको अत्यावश्यक कागजात मगाउने संसदीय छानबिन समितिको निर्णय

    समस्याग्रस्त २० वटा सहकारीको अत्यावश्यक कागजात मगाउने संसदीय छानबिन समितिको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 336
    SHARES

    काठमाडौं । सहकारीको वचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको समिति बैठकले कार्यादेशको अनुसूची १ मा रहेको २० वटा समस्याग्रस्त सहकारीको बचत परिचालनको स्थीति,लेखा परिक्षण प्रतिवेदनलगायतका विवरण पठाउनका लागि पत्रचार गर्ने निर्णय गरेको हो ।



    उक्त सहकारीको सबै विवरण आएपछि अध्ययन गर्ने र अनुसन्धान सुरु गर्ने संसदीय विशेष समितिका सभापति सूर्य थापाले बताए।



    त्यस्तै समितिले समस्याग्रस्त सहकारीको छानविनका लागि यसअघि भएका अनुभवनका बारेमा विभिन्न आयोग, समितिका संयोजकहरूसँग छलफल गरेको छ ।

    समितिले आइतबार २०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डा. युवराज खतिवडा, २०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र २०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग छलफल गरेको छ ।

    संसदीय विशेष समितिका सभापति थापाका अनुसार तिनैजनाले सहकारीसम्बन्धी आआफ्नो समयका अध्ययनका निष्कर्षहरूका साथै हालको संकट र सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा सुझावहरू राखेका छन् ।

    गत जेठ १५ गते सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार