Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • शीर्ष नेताहरुलाई गृहमन्त्री लामिछानेको प्रश्न – मुलुकलाई अप्ठ्यारो परिस्थितिमा पुर्‍याउने को हो ?

    शीर्ष नेताहरुलाई गृहमन्त्री लामिछानेको प्रश्न – मुलुकलाई अप्ठ्यारो परिस्थितिमा पुर्‍याउने को हो ?

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 252
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक भएपछि अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताएका छन्।

    नेकपा एकीकृत समाजवादी पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    उनले नेताहरु सबैको भाषणमा जनताको चिन्ता भएपनि व्यवहारमा नभएको बताए ।



    गृहमन्त्री लामिछानेले नेताहरूले भन्दै आएका ‘मुलुक जटिल अवस्थामा छ’ र ‘लोकतन्त्रमाथि खतरा छ भन्ने’ भाष्यमाथि प्रश्न गरे।

    गृहमन्त्री लामिछानेले भने, ‘हामीले प्राप्त गर्नुपर्ने सबैचीज प्राप्त गरिसक्यौं है भन्नुहुन्छ। प्राप्त गर्नुपर्ने कुरा सबै प्राप्त गरिसक्दा आज पनि मुलुक बडो विषम परिस्थितिमा छ।लोकतन्त्रतलाई खतरा छ भन्दै आउनुभएको छ। मुलुक सँधै खतरामा हुने रहेछ। परिस्थिति कहिल्यै अनुकूल हुने रहेनछ। सँधै अप्ठ्यारो नेपाली जनताहरूले पारेका हुन्? गरिब मजदुर किसानहरू, कसले अप्ठ्यारो पार्‍यो । उनले मुलुकलाई अप्ठ्यारो परिस्थितिमा पुर्‍याउने को हो भनेर पनि प्रश्न गरे। ‘

    उनले २००७ सालदेखि नेताहरू मुलुक जटिल अवस्थामा रहेको बताउँदै आएको र वृद्धवृद्धाहरूले जीन्दगीभर यही सुन्दै आएको बताए।

    गृहमन्त्री लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक भएपछि अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताए। तर लोकतन्त्रमा खतरा आए जोगाइदिने जनता रहेको पनि उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार