Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुससँगको युद्ध अन्त्य गर्ने योजनाको मस्यौदा तयार पार्दै जेलेन्स्की

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न 'व्यापक योजना' तयार गरिरहेको बताएका छन् ।

जेलेन्स्कीले राजधानी किभमा पत्रकार सम्मेलन गरी विश्वको बहुमतले समर्थन गर्ने गरी युद्ध अन्त्यको योजना बनाइरहेको बताएका हुन् ।

कतारी सञ्चारमाध्ययम अल जजिराका अनुसार जेलेन्स्कीले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग पत्रकार सम्मेलन गरेका थिए ।

उनले यो कूटनीतिक बाटो भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै रुससँग अहिले कुनै वार्ता भने नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077