Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • विप्लवले भने – एउटै कम्युनिष्ट पार्टी बनाउन आँट र प्रस्ताव गरौं

    विप्लवले भने – एउटै कम्युनिष्ट पार्टी बनाउन आँट र प्रस्ताव गरौं

    अनलाइन नेपाल
  • शनिबार, १५ असार २०८१
  • 345
    SHARES

    काठमडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशमा एउटै कम्युनिष्ट बनाउन सकिने बताएका छन्।

    पुष्पलाल अध्ययन समितिले काठमाडौंमा आयोजना गरेको पुष्पलाल जन्मशताब्दी समारोहमा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।



    उनले एउटै कम्युनिष्ट पार्टी बनाएर नेपाली कम्युनिष्ट आन्दोलनलाई २००६ सालमा फर्काउन सकिने बताए।



    समाजवादी मोर्चा बनाएर आफूहरूले त्यसको प्रयत्न पनि गरिरहेको महासचिव विप्लवले बताए।

    समाजवादी मोर्चा नभए नयाँ ढंगले मोर्चाबन्दी गरी एकताका प्रस्तावहरू खडा गर्नुपर्ने उनले बताए।

    महासचिव विप्लवले अहिले पनि नेपालमा ७० प्रतिशतभन्दा बढी जनता कम्युनिष्ट र समाजवादी समर्थक भएकाले निराश हुन नपर्ने बताए।

    नेपालको कम्युनिष्ट आन्दोलनलाई एक ठाउँमा ल्याउने गरी नयाँ प्रस्ताव गरियो भने नेपाललाई ६ सालमा फर्काएर नयाँ घोषणा पत्र फेरि तयार गरेर एउटै कम्युनिष्ट पार्टी बनाउन सकिने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार