Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

समयमा मल नपाउँदा किसानलाई समस्या भयो : आरजु राणा

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले समयमा मल नपाउँदा किसानलाई समस्या भएको बताएकी छन् ।

धान दिवसका अवसरमा नेपाल किसान महासंघ जिल्ला कार्यसमिति भक्तपुरले सल्लाघारीमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएकी हुन् ।

उनले किसानहरूलाई सहजरूपमा मल वितरण हुनुपर्ने बताइन्। उनले समयमा नै मल नपाउँदा किसानलाई समस्या भएको र भएको मल पनि सहजरूपमा वितरण हुन नसकेको बताइन्।

उनले सहकारीबाट मलको वितरण राम्रोसँग हुन नसकेको जिकिर गरे। सभापति राणाले कृषि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने भए पनि सरकारले यसतर्फ ध्यान दिन नसकेको बताइन्।

देशलाई अघि बढाउनका लागि एकजुट हुनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077