Online Nepal
  • आइतबार, २० असोज २०८१
  • पार्टीमा पदाधिकारीको संख्या थपिनु स्वभाविक हो : माधव नेपाल

    पार्टीमा पदाधिकारीको संख्या थपिनु स्वभाविक हो : माधव नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १५ असार २०८१
  • 246
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा पदाधिकारीको संख्या थपिनु स्वभाविक भएको बताएका छन् ।

    पार्टीको दशौं महाधिवेशनको सन्दर्भमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।  उनले पार्टी ठूलो हुँदै गएपछि पदाधिकारी संख्या थप्नुपरेको बताए ।



    अध्यक्ष नेपालले भने,‘सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ । पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ । यसरी बुझे पनि भयो । त्यसो हुनाले पदको विषयलाई अन्य हिसाबले लिन जरुरी छैन।’



    एकीकृत समाजवादीले हालै सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद थपेर पदाधिकारी संख्या थप गरेर २१ बनाएको छ ।

    अध्यक्ष नेपालले महाधिवेशन नजिकिएपछि नेताहरुले गरेको भेटघाट र छलफललाई सामान्य रुपमा लिनुपर्ने बताए ।

    ट र छलफल भए पनि गुटबन्दी हुन नहुने अध्यक्ष नेपालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार