Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • परराष्ट्रमन्त्री श्रेष्ठले भने – वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अब अनलाइनमार्फत हुन्छ

    परराष्ट्रमन्त्री श्रेष्ठले भने – वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अब अनलाइनमार्फत हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, १५ असार २०८१
  • 780
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण आगामी साउन १ गतेदेखि पूर्णरूपमा अनलाइनमार्फत हुने बताएका छन्।

    विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले उक्त व्यवस्थाबारे स्पष्ट पारेका हुन्।



    परराष्ट्रमन्त्री श्रेष्ठले भने,’सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीतिअन्तर्गत यो व्यवस्था लागू गरिएको हो । अनिवार्यरूपमा कार्यान्वयनमा आउनु अगाडि नै नयाँ प्रणालीसँग अभ्यस्त हुन आजैबाट परीक्षण शुरू गर्दा हुन्छ।’



    नयाँ व्यवस्थासँगै मागपत्रको प्रमाणीकरण सेवा समयानुकूल एवं चुस्त हुने भएको छ। सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आबद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।​​

    परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपालीहरूको खोजतलास र उद्धार, मृतको शव झिकाउने, राहत र क्षतिपूर्ति, गुनासो सम्बोधन लगायतका अनलाइन सेवालाई सबै नियोगहरूले अनिवार्य रूपमा प्रयोगमा ल्याउने व्यवस्था गर्न पनि निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार