Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • कलंकी-धोबीखोला सडकमा कांग्रेस नेता पौडेलको दबाब यात्रा

    कलंकी-धोबीखोला सडकमा कांग्रेस नेता पौडेलको दबाब यात्रा

    अनलाइन नेपाल
  • शनिबार, १५ असार २०८१
  • 381
    SHARES

    काठमाडौं । नेपाल कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारको काम शीघ्र अघि बढाउन माग गर्दै पैदल यात्रा गरेका छन् ।

    कलंकी-धोबीखोला सडक विस्तार तुरून्त अघि बढाउन दबाब दिने उद्देश्यले नेता पौडेलले बिहान ७ बजेदेखि पैदलयात्रा गरेक हुन्।



    कलङ्कीबाट सुरु भएको यात्रा चक्रपथको कलङ्की–सीतापाइला–स्वयम्भू–बालाजु–सामाखुसी– वसुन्धरा हुँदै धोविखोला पुग्ने छ ।



    सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्न परेको भन्दै विरोध स्वरूप पैदलयात्रा गरिएको हो ।

    सरकारले चक्रपथ विस्तारका लागि ६ वर्ष अघि धमाधम रुख काटेर नयाँ लेन बनाउने भनिए पनि सो काम अलपत्र छ ।

    सडक विस्तार गर्ने भनेर सडक छेउमा पर्ने मठ मन्दिर, बस बिसौनी भत्काइए, फुटपाथ हटाइए तर ती सबै ठाउँ अहिले आहाल, भग्नावशेष र फोहोर थुपार्ने स्थल बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार