Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • देशका लागि एमाले विभाजन रोक्न धेरै कोसिस गरेको थिएँ : पूर्वराष्ट्रपति भण्डारी

    देशका लागि एमाले विभाजन रोक्न धेरै कोसिस गरेको थिएँ : पूर्वराष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असार २०८१
  • 675
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपति हुँदा एमाले विभाजन रोक्न पहल गरेको स्वीकार गरेकी छन् ।

    शुक्रबार धुलिखेलमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा सो कुरा स्वीकारेकी हुन् । उनले देशका लागि सो प्रयास गरेको दाबी गरिन् ।



    “तपाईं पूर्वराष्ट्रपति भएर यस्तो भन्नुहुन्छ । हिजो एमालेको नेता हुनुहुन्थ्यो । एमालेचाहिँ किन नमिलाको भन्ने पर्न सक्ला । कोसिस त मैले धेरै गरेको,” उनले भनिन्, “मैले एमालेको लागि होइन देशका लागि गरेको । जनतालाई सम्झेर ।”



    एमाले जब अलि अघि बढ्छ त्यतिबेला ठेस लाग्ने गरेको उनले स्मरण गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार