काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देश भारत र चीनसँग खेलवाड गर्न नहुने बताएका छन्।
मदन भण्डारी फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले बलियाहरूको प्रतिस्पर्धामा नेपाल पस्न नहुने बताए।
अध्यक्ष ओलीले भने,'सांस्कृतिक, आर्थिक र सामाजिक भिन्नताका दुई ठूला देशसँग हामी खेलवाड गर्नु हुन्न। ठूला, बलियाका प्रतिस्पर्धामा पर्नु हुँदैन। उनीहरूको बीचमा पस्नै हुँदैन। चाहे त्यो छिमेकी होस् या अलिक टाढाको छिमेकी किन नहोस्।'
छिमेकीहरूले नेपालसँग न्यायोचित व्यवहार गर्नुपर्ने उनको भनाइ छ। उनले सरकारले पनि छिमेकीसँग जायज विषयहरूमात्रै उठान गर्नुपर्ने बताए।
अध्यक्ष ओलीले म्याराथनमा बलियाहरूमात्रै उपस्थित हुने भएकाले नेपाल अहिल्यै ग्लोबल प्रतिस्पर्धाको हिस्सा नभएको बताए।