सुर्खेत । पहिरोले जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएराति भएको बर्षाले पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो ।
दैलेख र कालीकोटको सिमानामा पर्ने दहीखोला र कालेखोला बीचको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दैलेख कालीकोट खण्ड अवरुद्ध हुँदा यो मार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प छन् ।
दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको बताइएको छ ।
Leave a Reply