Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • टीआरसीलाई चाँडै टुंगोमा पुर्‍याउने तीन दलबीच सहमति

    टीआरसीलाई चाँडै टुंगोमा पुर्‍याउने तीन दलबीच सहमति

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 798
    SHARES

    काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकलाई चाँडै​ टुंगोमा पुर्‍याउन ठूला तीन दलबीच सहमति भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसीमा सहमति खोज्न बिहीबार अपरान्ह बोलाएको बैठक सो सहमति भएको हो । बैठकमा संसदको कानून तथा न्याय समितिमा विचाराधीन रहेको विधेयकलाई पुनः छलफलमा ल्याउने र सहमति गर्ने विषयमा छलफल भएको बताइएको छ ।



    यसका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रबाट एक–एक जना सदस्यलाई जिम्मेवारी दिइने बताइएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै सत्तापक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।



    छलफलमा कांग्रेसका तर्फबाट नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र राधेश्याम अधिकारी सहभागी थिए ।

    त्यस्तै एमालेका तर्फबाट सहभागी अन्य नेतामा प्रदीप ज्ञवाली, प्रमुख सचेतक महेश बर्तौला, अग्नि खरेल र माओवादीबाट जनार्दन शर्मालगायतका नेता सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार