Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • चालकलाई जोगाउन नक्कली लाइसेन्स पेस, इन्स्पेक्टरलाई उन्मुक्ति !

    चालकलाई जोगाउन नक्कली लाइसेन्स पेस, इन्स्पेक्टरलाई उन्मुक्ति !

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 4.1K
    SHARES

    काठमाडौं । सवारी दुर्घटनामा ज्यान लिने चालकको नक्कली चालक अनुमतिपत्र पेस गरेर उन्मुक्ति दिइएको खुलेको छ । यसमा इन्स्पेक्टरसहितका प्रहरीलाई उन्मुक्ति दिइएको छ ।

    इलाका प्रहरी कार्यालय, मेलम्चीमा कार्यरत रहँदा इन्स्पेक्टर महेन्द्र दर्नालले नै नक्कली लाइसेन्स मिसिलमा पेस गरी चालकलाई जोगाएका हुन् । २ कात्तिक २०७६ मा बा ५ ख २९५३ नम्बरको मिनिट्रकको ठक्करबाट मेलम्ची–७ मा १४ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको थियो ।



    चालक थिए सुवन तामाङ । तामाङसँग मोटरसाइकल चलाउने मात्र लाइसेन्स थियो । तर, उनले बी र एफ वर्ग समेत भएको लाइसेन्स समेत पेस गरेका थिए । प्रहरीले उनको लाइसेन्सको बारेमा बुझ्न यातायात व्यवस्था कार्यालय, एकान्तकुनासँगलाई पत्राचार पत्राचार गर्‍यो ।



    तर, एकान्तकुनाबाट पत्र लैजाने क्रममा कीर्ते भएको थियो । नक्कली पत्र तयार गरेर मुद्दा शाखाका हवल्दार बोजबहादुर खत्रीले कार्यालयमा बुझाएका थिए । सोही आधारमा सवारी ज्यान मुद्दामा चालक तामाङलाई हिरासतमा बसेको बराबर २५ दिन मात्र कैद भएको थियो ।

    लाइसेन्स नभएको अभियोग रहेको अवस्थामा उनलाई धेरै वर्ष कैद सजाय हुनसक्थ्यो । इन्स्पेक्टर दर्नाल लगायतले मिलेर यसरी सेटिङ मिलाएका थिए । जून विषयमा सोही वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

    अख्तियारले कीर्ते मुद्दामा अनुसन्धान गर्न डेढ वर्षअघि प्रहरीलाई पत्राचार गरेकोमा ललितपुर प्रहरीले बुधबार जिल्ला अदालतमा तीन जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । जसमा चालक तामाङ, दुर्घटना मृत्यु भएका साजनका बुबा कृष्णलाल श्रेष्ठ र अनिल शाक्य नामक व्यक्ति ।

    शाक्यले नै यातायात कार्यालयबाट सो पत्र दिलाएको भन्ने कीर्ते विवरण खडा गरी मुद्दा दायर भएको छ । यसरी यातायात कार्यालयबाट कीर्ते पत्र लिएर जाने हवल्दार खत्रीलाई समेत मुद्दा चलाइएको छैन । इन्स्पेक्टर दर्नालसँग घटना विवरण कागज गरेर प्रहरीले उन्मुक्ति दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार