Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • मोरङबाट साढे १५ क्विन्टल गाँजा बरामद, एकजना समातिए

    मोरङबाट साढे १५ क्विन्टल गाँजा बरामद, एकजना समातिए

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 1.1K
    SHARES

    मोरङ । मोरङमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ ।

    मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोलीले दिउँसो ३ बजेतिर १५ सय ४८ किलोग्राम (लगभग साढे १५ क्विन्टल) गाँजा बरामद गरेको हो ।



    भारततर्फ लैजान ठिक्क पारिएको अवस्थामा तयारी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।



    मोरङ प्रहरीका अनुसार धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको खेतमा रहेको गोठमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको छ ।

    गोठमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन उनी आफैं टोली लिएर पुगेका थिए ।

    गोठ खानतलासी गर्ने क्रममा ४९ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा फेला परेको थियो ।

    गाँजा बरामद भएपछि गोठधनी सिंहलाई पक्राउ गरिएको छ। गाँजा बरामद गरेर सिंहलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार