Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ

    ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 453
    SHARES

    एजेन्सी । माल्दिभ्सको राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा वातावरणमन्त्रीलाई प्रहरीले पक्राउ गरेको छ।

    वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई अन्य दुईजनासहित राजधानी मालेबाट पक्राउ गरिएको हो ।



    उनलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ।



    राष्ट्रपति डा.मोहम्मद मुइज्जुमाथि कालो जादू गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको बताईएको छ ।

    मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अन्तर्गत जादूटूना अपराध उल्लेख नभएपनि इस्लामिक कानुनअनुसार यो कार्यका लागि छ महिनासम्मको जेल सजाय हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार