Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भयो : सञ्चारमन्त्री शर्मा

    राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भयो : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 318
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताएकी छन् ।

    नेपाल साहित्यिक पत्रकार संघको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    उनले राजनीति देशको मुल नीति भएपनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताइन् ।



    उनले राजनीति देशको माउ नीति भएको राजनीति नसुधारीकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको जिकिर गरिन् ।

    उनले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताइन् ।

    सञ्चारमन्त्री शर्माले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुुनपर्नेमा जोड दिइन् । उनले अहिले समाज भ्रष्टीकरणमा गइरहेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार