Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष थप्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।

बैठकले महाधिवेशनको हलबाट अनुमोदन गर्ने गरी पदाधिकारी र केन्द्रीय कमिटीको आकार पनि बढाएको छ ।

केन्द्रीय परिषदले १९९ सदस्यीय केन्द्रीय कमिटी र १९ सदस्यीय पदाधिकारी रहने विधान पास गरेको थियो ।

तर अब केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय भएको एकीकृत समाजवादीले जनाएको छ ।

पदाधिकारीमा सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष थप गरिएको छ ।

केन्द्रीय उपाध्यक्षमा महिलाको सिट सुरक्षित गर्ने र आवश्यकता अनुसार वरिष्ठ नेता पद सिर्जना गर्नसक्ने निर्णय पनि भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077